२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा छ जना घाइते



अ+ अ-

पर्वत। मध्यपहाडी राजमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–४ छमर्केमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी छ जना घाइते भएका छन् ।

बागलुङबाट कुश्मातर्फ आउँदै गरेको ग१ज ९०२३ नं को इभी भ्यान र विपरीत दिशाबाट जाँदै गरेको बा प्र ०२–०५३ प ९८३४ नंको मोटरसाइकल ठोक्किँदा चार जना महिला र दुई पुरुष घाइते भएका हुन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक धादिङको सिद्दलेख गाउँपालिका वडा नं १ नलाङ बस्ने २९ वर्षीय सुजन तिमिल्सिना, इभी भ्यानमा सवार बागलुङ नगरपालिका वडा नं १० भकुण्डे बस्ने ७० वर्षीया वृद्धा रेवती थापा, कास्कीको मादी गाउँपालिका–२ की ७२ वर्षीया पवि थापा, सोही ठाउँकी ४३ वर्षीया इन्दिरा थापा, पोखरा महानगरपालिका–१३ लेखनाथ बस्ने १४ वर्षीय रविन श्रेष्ठ र बागलुङ नगरपालिका–१३ बलेवा बस्ने ३५ वर्षीया जानकी खत्री रहेका छन् ।

घाइतेमध्ये सुजन तिमिल्सिना, रेवती थापा र रविन श्रेष्ठलाई थप उपचारका लागि अन्नपूर्ण अस्पताल पोखरा पठाइएको छ भने अन्य घाइतेहरूको प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक समित श्रेष्ठले जानकारी दिनुभयो ।रासस