२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न



अ+ अ-

एजेन्सी । थाइल्यान्डकी पूर्व महारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ । थाइल्यान्डको सरकारी जनसम्पर्क विभाग (पिआरडी)ले शनिबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।

विज्ञप्तिमा अनुसार मुमा महारानी सिरिकितको केही समयदेखि रक्त सङ्क्रमणका कारण अस्पतालमा उपचार भइरहेका थियो । मेडिकल टोलीको निरन्तर प्रयासका बाबजुद उहाँको स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गएको र अन्ततः अक्टोबर २४, २०२५ को राति ९ः२१ बजे बैङ्ककस्थित थाई रेड क्रस सोसाइटी अन्तर्गतको चुलालोङ्गकोर्न अस्पतालमा शान्तिपूर्वक देहावसान भएको उल्लेख गरिएको छ ।

मुमा महारानी आमा सिरिकित कितियाकारा सन् १९३२ अगस्ट १२ मा जन्मिनु भएको हो । उहाँको जन्मदिन थाइल्यान्डमा मातृ दिवसका रूपमा राष्ट्रिय बिदाका साथ मनाइन्छ ।

केवल १८ वर्षको उमेरमा उहाँले तत्कालीन राजा भूमिबोल अदुल्यादेजसँग विवाह गर्नुभएको थियो । राजा भूमिबोल चकरी वंशका नवौँ सम्राट (राम नवौँ) हुनुहुन्थ्यो र उहाँको शासनकाल विश्वकै सबैभन्दा दीर्घकालीन राजामध्ये एक रह्यो । महारानी आमा सिरिकित पनि त्यसैगरी विश्वकी सबैभन्दा लामो समयसम्म सेवा गर्ने महारानीका रूपमा सम्मानित रहनु भएको थियो ।

राजा भूमिबोलको सन् २०१६ मा निधन भएपछि उहाँका पुत्र महा भाजिरालोङ्कोर्नले सिंहासन सम्हाल्नुभएको थियो । मुमा महारानी सिरिकित सन् २०१२ मा आएको स्ट्रोकपछि स्वास्थ्य समस्याका कारण सार्वजनिक रूपमा विरलै देखा पर्नुहुन्थ्यो ।

उहाँले जीवनकालभर थाइल्यान्डका सामाजिक, सांस्कृतिक र मानवीय विकासका क्षेत्रमा उल्लेखनीय योगदान दिनु भएको थियो । विशेष गरी दक्षिणी थाइल्यान्डमा बौद्ध समुदाय र विभिन्न संस्थाहरूप्रति सहयोग पुर्‍याउँदै थाई हस्तशिल्प र ग्रामीण महिलाहरूको आर्थिक सशक्तीकरणका लागि ‘सपोर्ट फाउन्डेसन’ स्थापना गरी उनीहरूलाई उत्पादन र बजार पहुँचमा सशक्त बनाउन सहयोग गर्नुभएको थियो ।

मुमा महारानी सिरिकितले आफ्ना स्वर्गीय पतिले प्रारम्भ गर्नुभएको सयौँ विकास परियोजनाहरूको नियमित निरीक्षण गर्नुहुन्थ्यो । उहाँको भव्यता, आकर्षक व्यक्तित्व र उत्कृष्ट फेसन–बोधका कारण उहाँ १९६० को दशकमा अन्तर्राष्ट्रिय ‘बेस्ट–ड्रेस्ड’ सूचीमा चार पटकसम्म चयन हुनुभएको थियो, जसलाई न्युयोर्क टाइम्स ले ‘विश्वकी सबैभन्दा स्टाइलिश व्यक्तित्वहरू मध्ये एक’ भनेर चित्रण गरेको थियो ।

थाइल्यान्ड संवैधानिक राजतन्त्र भएकोले मुमा महारानीसँग प्रत्यक्ष राजनीतिक शक्ति नभए पनि उहाँको उपस्थितिले देशको सामाजिक र सांस्कृतिक जीवनमा गहिरो प्रभाव पारेको व्यापक रूपमा स्वीकार गरिन्छ ।

मुमा महारानी आमा सिरिकितका एक छोरा — राजा महा भाजिरालोङ्कोर्न, तीन छोरीहरू — राजकुमारी ऊबोलरताना, राजकुमारी महा चक्री सिरिन्धोर्न र राजकुमारी चुलाभोर्नका साथै एक बहिनी — बुस्बा कितियाकारा सथानपोङ रहनु भएको छ ।

थाइल्यान्ड दरबारले मुमा महारानीको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रव्यापी श्रद्धाञ्जली कार्यक्रमको तयारी गरिरहेको जनाएको छ ।




भर्खरै