२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्की छठका लागि कमलपोखरी जाने



अ+ अ-

काठमाडौं: छठ पर्वका अवसरमा प्रधानमन्त्री शुसिला कार्की आज कमलपोखरी स्थित छठघाटमा जानु हुने भएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार, उहाँ आज अपराह्न ४ बजे कमलपोखरी पुग्नु हुनेछ ।

राजधानीका कमलपोखरी, गौरीघाट, बाग्मती किनार, टेकु दोभान, विष्णुमति, नख्खु खोला, महालक्ष्मी नगरपालिकाको बोझेपोखरी लगायतका स्थानमा आज छठघाट बनाइएको छ ।

नेपालका विभिन्न भागका नदी, तलाउमा आज भव्य रुपमा सजिसजाउ छठघाट बनाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिँइदै छ ।

नेपाल सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।