२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रेयस अय्यर आईसीयूबाट बाहिर, स्वास्थ्यमा क्रमिक सुधार



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेटर श्रेयस अय्यर सिड्नीस्थित अस्पतालको आईसीयुबाट बाहिर आएका छन् । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र अहिले स्थिर रहेको बताइएको छ ।

भातीय क्रिकेट बोर्ड (बिसीसीआई) ले अय्यरको नजिकबाट स्वास्थ्य निगरानी गर्न टोलीका चिकित्सकलाई सिड्नीमै खटाएको छ । केही दिनमै उनलाई अस्पतालबाट डिस्चार्ज गरिने सम्भावना रहेको छ ।

श्रेयसलाई आईसीयुबाट बाहिर सारिएको छ र उनको अवस्था अहिले स्थिर छ । तर, अस्पतालबाट डिस्चार्ज हुन केही दिन अझै लाग्न सक्ने बताइएको छ । श्रेयसका परिवारका सदस्य पनि चाँडै सिड्नी पुग्ने तयारीमा छन्, ताकि उनीहरूको निकट उपस्थितिमा श्रेयसको हेरचाह र रिकभरी प्रक्रिया अघि बढाउन सकियोस् ।

तेस्रो एकदिवसीय खेलमा बोकेका थिए चोट
सिड्नीमा २५ अक्टोबरमा भएको तेस्रो एकदिवसीय खेलका क्रममा श्रेयस अय्यर घाइते भएका थिए । खेलको ३३.३ ओभरसम्ममा अस्ट्रेलियाले ३ विकेटको क्षतिमा १८४ रन बनाइसकेको थियो ।

यसैबीच, हर्षित राणाको ओभरको चौथो बलमा एलेक्स केरीले इनसाइड–आउट सट खेल्ने प्रयासमा बललाई मिस–टाइम गरे । त्यस समयमा श्रेयस ब्याकवर्ड प्वाइन्टमा फिल्डिङ गरिरहेका थिए । उनले फुर्तिलो प्रतिक्रिया दिँदै पछाडि दौडिए र उत्कृष्ट क्याच समाते ।

तर, क्याच समातेपछि उनको सन्तुलन बिग्रियो र उनी दुई–तीन पटक पल्टिए । त्यही क्रममा उनको बाँया करङमामा चोट लाग्यो ।

स्प्लिनमा चोट र आन्तरिक रक्तस्राव
मिडिया रिपोर्ट अनुसार, उक्त चोटपछि उनको शरीरभित्र आन्तरिक रक्तस्राव भएको थियो । त्यसैले पूर्ण रूपमा फिट हुन उनलाई अझै समय लाग्ने अनुमान गरिएको छ । अहिले नै उनी कहिले प्रतिस्पर्धात्मक क्रिकेटमा फर्कने भन्ने बारे निश्चित समयसीमा बताउन कठिन भएको चिकित्सकहरूले बताएका छन् ।

३१ वर्षीय श्रेयसलाई भारत फर्कने अनुमति पाउनुअघि कम्तीमा एक हप्ता सिड्नीको अस्पतालमै रहनुपर्नेछ । उनी हाल भारतीय टी–२० टोलीको हिस्सा छैनन् ।

बीसीसीआईले विज्ञप्तीमा भनेको छ– स्क्यान रिपोर्ट अनुसार, अय्यरको स्प्लिनमा चोट लागेको छ । उनको उपचार भइरहेको छ, अवस्था स्थिर छ र उनी क्रमशः निको हुँदै गइरहेका छन् । हाम्रो मेडिकल टोलीले सिड्नी र भारतका विशेषज्ञ चिकित्सकहरूसँग निरन्तर सल्लाह गर्दै उनको स्वास्थ्य अवस्थामाथि नजिकबाट निगरानी गरिरहेको छ ।

भारतीय टोलीका चिकित्सक केही दिन सिड्नीमै रहेर श्रेयसको दैनिक प्रगति मूल्याङ्कन गर्नेछन् । रिपोर्टका अनुसार, उनका आमा–बुबाको भिसा प्रक्रियामा छ, जसपछि उनीहरू छिट्टै सिड्नी पुगेर अय्यरसँग भेट्नेछन् ।