२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जमतारा २’का अभिनेता सचिन चन्दवाडेले गरे आत्महत्या



अ+ अ-

एजेन्सी । मराठी र हिन्दी मनोरञ्जन क्षेत्रमा एक दुःखद खबर आएको छ । नेटफ्लिक्सको चर्चित सिरिज ‘जमतारा–सबका नम्बर आएगा’को दोस्रो सिजनमा देखिएका २५ वर्षीय मराठी कलाकार सचिन चन्दवाडेले आत्महत्या गरेका छन् ।

अक्टोबर २३ को दिउँसो सचिनको शव पुणेस्थित उनको फ्ल्याटमा पंखाबाट झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

परिवारका सदस्यहरूले ढोका तोडेपछि भित्रको दृश्य निकै डर लाग्दो थियो । उनीहरूले सचिनलाई तुरुन्त तल झारेर नजिकैको अस्पताल पुर्‍याए, तर उनको अवस्था झन् गम्भीर बन्दै गयो ।

चिकित्सकको सल्लाहमा सोही रात उनलाई धुले सारिएको थियो, तर त्यहाँ उपचारका क्रममा उनले ज्यान गुमाए । अक्टोबर २४ राति सचिनले सधैंका लागि संसार त्यागे ।

घटनापछि फिल्म र टेलिभिजन उद्योग शोकमग्न बनेको छ । सचिन चन्दवाडेले मराठी नाटक र छोटो चलचित्रमार्फत आफ्नी छुट्टै पहिचान बनाएका थिए ।

नेटफ्लिक्सको ‘जमतारा २’मा उनको भूमिकालाई दर्शकहरूले निकै मन पराएका थिए । हालै उनले केही ओटीटी प्रोजेक्टहरूको सुटिङ पनि पूरा गरेका थिए र सामाजिक सञ्जालमा सक्रिय रहँदै प्रेरणादायी पोस्टहरू शेयर गर्ने गर्थे ।

परिवारका अनुसार, पछिल्ला केही महिनादेखि सचिन मानसिक तनावबाट गुज्रिरहेका थिए । यद्यपि आत्महत्याको वास्तविक कारण अझै स्पष्ट भएको छैन । प्रहरीले मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । रिपोर्टअनुसार उनको कोठाबाट कुनै सुसाइड नोट फेला परेको छैन । अहिले पोस्टमार्टम रिपोर्टको प्रतीक्षा गरिएको छ ।

रंगमञ्च र मराठी फिल्म उद्योगका धेरै कलाकारहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनका साथीहरूले बताएका छन् कि सचिन निकै हँसिला, मेहनती र संवेदनशील व्यक्ति थिए । उनी आफ्ना सपनाबारे अत्यन्त गम्भीर थिए र प्रायः भन्थे — “एक दिन मेरो नाम मराठी सिनेमाको हरेक गल्लीमा लिइनेछ ।”

२५ वर्षकै उमेरमा उनले आफ्नो प्रतिभाबाट जे स्थान बनाएका थिए, त्यो आगामी कलाकारहरूका लागि प्रेरणादायी बन्नेछ । पुणे प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र प्रारम्भिक प्रतिवेदन अनुसार यो आत्महत्याको घटना भएको देखिन्छ ।