२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्की र ‘जेन–जी युनाइटेड’ समूहबीच सिंहदरबारमा वार्ता



अ+ अ-

काठमाडौं । ‘जेन–जी युनाइटेड’ नामक समूहका नौ जना युवायुवती प्रधानमन्त्री सुशीला कार्कीसँग वार्तामा बसेका छन् ।

प्रधानमन्त्री र उक्त समूहबीच आज सिंहदरबारमा वार्ता भएको हो ।

गत शनिबार समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा प्रहरी प्रशासनले सहभागीहरुलाई नियन्त्रणमा लिएको थियो । सोही घटनापछि सरकार र समूहबीच संवादका लागि नौ प्रतिनिधिलाई वार्तामा बोलाइएको हो ।

यसैबीच, समूहका अन्य सदस्यहरू भने बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । वार्तामा समूहका तर्फबाट राखिएका माग र सरकारको धारणा भने सार्वजनिक गरिएको छैन ।