२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत



अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति पौडेल कात्तिक १७ गतेदेखि २० गतेसम्म कतारको औपचारिक भ्रमणमा रहनेछन् ।

राष्ट्रपति पौडेलले कतारको राजधानी दोहामा आयोजना हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट’ कार्यक्रममा सहभागिता जनाउनेछन् ।

मन्त्री खरेलका अनुसार राष्ट्रपति पौडेलको नेतृत्वमा औपचारिक प्रतिनिधिमण्डल उक्त कार्यक्रमका लागि कतार प्रस्थान गर्नेछ ।

“कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ,” मन्त्री खरेलले मन्त्रिपरिषद् बैठकपछि भने ।