२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिर ७ गतेबाट आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा



अ+ अ-

काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ’ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो आन्दोलन आगामी मंसिर ७ गतेबाट सुरु हुने घोषणा गरेका छन् ।

बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले उक्त आन्दोलन शान्तिपूर्ण र फरक प्रकृतिको हुने बताएका हुन् ।

हाल चर्चामा रहेको जेन–जी आन्दोलन विदेशी शक्तिहरूद्वारा ‘हाइज्याक’ भएको आरोप लगाउँदै उनले भने, “भदौ २३ र २४ गते दुई घण्टा जेन–जीको आन्दोलन भयो । सुरुका दुई घण्टा सम्म राम्रो आन्दोलन थियो, तर त्यसपछि त्यो हाइज्याक भयो र विदेशीहरूको हातमा पुग्यो । त्यो आन्दोलन बंगलादेशी र माल्दिभ्सको मोडेलमा गयो र सत्ता हत्याउने खेल भयो ।”

प्रसाईंले आफ्नो आन्दोलन जेन–जीको आन्दोलनजस्तो हिंसात्मक नहुने स्पष्ट पारे। उनले भने, “हाम्रो आन्दोलन बन्दुक, बारुद बोकेर आउने, सिंहदरबारमा आगो लगाउने वा नागरिकका घर–व्यवसाय तोडफोड गर्ने किसिमको होइन ।”

उनले अभियान पूर्ण रूपमा शान्तिपूर्ण हुने भन्दै कसैले बन्दको उल्लंघन गरेर तोडफोड गरे त्यसको जिम्मेवारी अभियानले नलिने चेतावनी दिए ।

प्रसाईंले मंसिर ७ गतेलाई नेपालको राजनीतिक इतिहासको ‘कालो दिन’ भनेका छन् ।

उनले भने, “मंसिर ७ गते दिल्लीमा १२–बुँदे सम्झौता भएको थियो । त्यही कारण आज देशमा राजसंस्था गयो, हिन्दु अधिराज्य गयो र नेपालीहरू विदेशिन बाध्य भए । देश विदेशीहरूको षड्यन्त्रमा फस्यो र एनजीओरआईएनजीओले चलाउने सरकारहरू आए।”

यही सम्झौताको विरोधस्वरूप मंसिर ७ गतेदेखि आन्दोलन सुरु गर्न लागेको उनको भनाइ छ ।

सो अभियान ‘पशुपति जोगाउने’ र ‘माता दुर्गालाई जोगाउने’ अभियान पनि रहेको उनले बताए । उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाल बन्दको आह्वान गरिएको जानकारी दिए ।