२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक



फाइल फोटो
अ+ अ-

इलाम। मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । गत १८ गतेको बाढी पहिरोले सडकका विभिन्न खण्ड जोखिमयुक्त रहेकाले रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो।

१३ गतेदेखि कार्यान्वयन हुने गरी बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग एवम् राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात मोन्थाका कारण १३ गते दिउँसोदेखि कात्तिक १५ गते शनिबार सम्म कोशी प्रदेशको इलामसहित देशका धेरै स्थानमा मौसम प्रभावित हुने देखिएकाले सवारी सञ्चालनमा रोक लगाइएको हो ।

इलाममा यस अघिसमेत बाढीपहिरोबाट सयौँ घर विस्थापित भएका छन् । जिल्ला प्रशासनकाअनुसार गत असोज १८ गतेको बाढीकै कारण जिल्लामा ३९ जनाले ज्यान गुमाए । ३३६ घर पूूर्णरुपमा क्षति भएका छन् ।

८२८ घरमा आंशिक क्षति भएको र ११ परिवारले सामुायिक भवनमा तथा ४३८ परिवारले आफन्त र छिमेकीकोमा आश्रय लिइरहेका छन् । रासस