२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरी र लुटपाटको अभियोगमा पाँच जना पक्राउ



अ+ अ-

काठमाडौँ। जिल्ला अदालत काठमाडौँले उपत्यकाका विभिन्न स्थानमा सुनका सिक्री चोरी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पाँच जनाविरुद्ध आठ दिनको म्याद थप गरेको छ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले नियन्त्रणमा लिई जिल्ला अदालतमा उपस्थित गराएको थियो। म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो।

उहाँका अनुसार उक्त प्रकरणमा सिन्धुली, हरिहरगढी गाउँपालिका–६ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–५ स्थित तिनधारेमा डेरा गरी बस्ने २८ वर्षीय राज लामा, उदयपुर, ताप्ली गाउँपालिका–४ घर भई भक्तपुर, बस्ने २० वर्षीय विशाल भन्ने दुर्गबहादुर मगर, रामेछाप, लिखु तामाकोसी गाउँपालिका–६ घर भई भक्तपुर, चाँगुनारायण नगरपालिका–२ सल्लाघारीमा श्रीलक्ष्मी ज्वेलर्स सञ्चालन गर्ने ३२ वर्षीय दिलबहादुर विक, बागलुङ, गल्कोट नगरपालिका–२ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–६ सरस्वतीनगर स्थित बागलुङ कालिका ज्वेलर्सका सञ्चालक ४० वर्षीय गोविन्द सुनार, कैलाली लम्कीचुहा नगरपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–२२ बस्ने २२ वर्षीय दिपेश रसाइली छन् ।