२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तथ्य पुष्टि नभएका समाचार सम्प्रेषण नगर्न आग्रह



अ+ अ-

काठमाडौँ।  प्रेस काउन्सिल नेपालले तथ्य पुष्टि नभएका र यथेष्ट आधार प्रमाण नभएका समाचार सम्प्रेषण नर्गन आग्रह गरेको छ ।

काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले आज प्रेस विज्ञप्ति जारी गरी परिस्थितिलाई उत्तेजक बनाउन नियोजित रूपमा गलत, मिथ्या एवं तथ्यलाई तोडमोड गरी सामग्री प्रकाशन गर्ने, तथ्य पुष्टि नभएका यथेष्ट आधार प्रमाण नभएका सामग्रीलाई सामाजिक सञ्जालबाट सम्प्रेषण गरी अतिरञ्जित गर्ने कार्य पेसागत आचरणविपरीत एवं गैरकानुनी कार्य भएको जनाउँदै हुँदा त्यस्ता कार्य नगर्न/नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्बद्ध सबैमा आग्रह गर्नुभएको हो ।

काउन्सिलले भनेको छ, “पत्रकारिताका मूल्यमान्यताविपरीत गैरपेसागत आचारण गर्ने, तथ्यगत परीक्षण एवं आधार प्रमाणबेगर हतार गरी सामग्री सम्प्रेषण गर्ने, सामाजिक सञ्जालको दुरूपयोग गरी समाजमा उत्तेजना÷अफवाह भ्रम फैलाउने, सामाजिक सद्भाव बिगार्ने सामग्री सम्प्रेषण नगर्न नगराउन काउन्सिल आग्रह गर्दछ ।”

काउन्सिलले मिडियामा आबद्ध नभई सञ्चालनमा रहेका युट्युब च्यानललगायतका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीउपर उजुरीपरेमा वा स्वअनुगमन हुँदा आचारसंहिता प्रतिकूल देखिएमा त्यस्ता सामाजिक सञ्जाललाई प्रथमपटक भुलसुधार निर्देशन एवं सचेत गराइने र त्यसोगर्दा पनि भुल सुधार नगरेमा आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा पत्रचार गरिने बेहोरासमेत जनाएको छ ।

काउन्सिलले सञ्चारमाध्यम र सञ्चारमाध्यमका सामाजिक सन्जालबाट समेत सम्प्रेषण भएका सामग्रीउपर प्राप्त हुने उजुरी÷जनगुनासाको सुनुवाइका साथै नियमित अनुगमन गर्दै आइरहेको छ । त्यसक्रममा काउन्सिलले सञ्चारमाध्यमले सञ्चालन गर्ने युट्युबलगायत सामाजिक सञ्जालको अभिलेख गरी अनुगमन गर्नुका साथै मिडियाको आवरणमा चलेका तर दर्ता अभिलेख नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको  प्रवृत्तिगत अनुगमन गरिरहेको छ ।

वर्तमान अवस्थामा कतिपय मिडियाबाट तथ्यगत परीक्षणबेगर भ्रामक सूचना सम्प्रेषण भइरहेको भन्ने गुनासा आइरहेको र काउन्सिलको अनुगमनबाट त्यस्तो देखिएका सन्दर्भमा आचारसंहिताको अनुगमनलाई थप चुस्त, दुरुस्त बनाउनका लागि काउन्सिलका सदस्यलाई ‘फोकल पर्सन’ का रूपमा तोकी अनुगमन कार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको काउन्सिलले जनाएको छ । रासस




भर्खरै