२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘धागो’ को ‘ट्रेलर’ सार्वजनिक



अ+ अ-

काठमाडौँ।  नेपाली चलचित्र ‘धागो’ को ‘ट्रेलर’ सार्वजनिक गरिएको छ । आज सार्वजनिक ट्रेलरमा मुख्यगरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्या र त्यससँग जुध्न गरिएको सङ्घर्ष देखाइएको छ ।

यस्तै, सङ्घर्षका क्रममा सामाजिक चुनौती र विषम परिस्थितिको चित्रण गरिएको छभने सन्तानको सपना र इच्छा पूरा गर्न गरिने हरेक मातापिताको अथक प्रयासलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । विछोडको पीडालाई पनि ट्रेलरले समेटेको छ ।

गहन कथावस्तुका बाबजुद, दर्शकलाई केही क्षणको राहत दिनका लागि केही मात्रामा हास्य रस पनि समावेश गरिएको छ । उदीप राणा थापा निर्देशित यो चलचित्र नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेर बुनिएको छ । यसले एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिविम्बित गर्ने निर्देशकले बताउनुभयो ।

चलचित्रमा अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको छभने उहाँसँगै अभिनेत्री वर्षा राउत, कलाकारमा प्रभात थापा, शुरभी थापा, बुद्धि तामाङ, सुनील थापालगायतले अभियन गर्नुभएको छ ।

चलचित्रको निर्माण फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्सन हाउसले गरेको हो । निर्माण टोलीमा उमा थापा, उत्तम थापा र उदीप थापा रहेका छन् । चलचित्रको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम घोघले गर्नुभएको छ ।

चलचित्र ‘धागो’ कात्तिक २८ गते (नोभेम्बर १४) मा नेपाल र भारतका हलमा एकसाथ ‘रिलिज’ हुने तयारीमा छ । नेपालमा यस फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ । रासस