२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

किभको सपिङ मलमा बम विष्फोट, ६ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । रुस–युक्रेन युद्धको आज २६ औं दिन हो । रुसी सेनाको आक्रमणका कारण सुमीमा रहेको रासायनिक प्लान्टमा अमोनिया लिक हुन पुगेको छ । 

यसपछि प्लान्टको पाँच किलोमिटर भित्र बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ । यसैबीच रुसी सेनाले आइतबार राति किभको एउटा सपिङ मलमा हवाई हमला गरेका छन् । 

जसमा ६ जनाको मृत्यु भएको थियो । उही समयमा, युक्रेनी आपतकालीन सेवाले मलको भग्नावशेषबाट एक व्यक्तिलाई जिउँदै निकालेको छ ।

यसैबीच, मारियुपोल सहरको अन्तिम कब्जाको लागि रसियाले दिएको आत्मसमर्पणको म्याद सकिएको छ। रोयटर्सका अनुसार रुसले आइतबार राती मारियुपोल प्रशासनलाई मस्को समय अनुसार बिहान ५ बजे (नेपाली समय अनुसार सवा ८ बजे) आत्मसमर्पण गर्न समय दिएको थियो । 

तर, युक्रेनले आत्मसमर्पणको प्रस्तावलाई पहिले नै अस्वीकार गरिसकेको छ ।