२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदीमा बगेकी बालिकाको शकुसल उद्धार



अ+ अ-

हुम्ला। हुम्लास्थित अदानचुली गाउँपालिका–२ गल्फागाड खोलामा नुहाउने क्रममा बगेकी सात वर्षीया बालिकाको उद्धार गरिएको छ ।

आज अपराह्न खोलामा नुहाउने क्रममा एक्कासी बगेकी अदानचुली–२ का लाले भण्डारीकी छोरी अस्मिताको कर्णाली नदीबाट उद्धार गरिएको हो ।

एक्कासी खोलामा बगेकी भण्डारीको कर्णाली नदी र खोलाको दोभानबाट श्रीनगर प्रहरी चौकी गल्फागाडका हबल्दार योगेन्द्र ऐडी र स्थानीयको सहयोगमा उद्धार गरिएको हवल्दार ऐडीले बताए । बगाएको स्थानदेखि अन्दाजी चार सय मिटरको दूरीबाट बालिकालाई शकुसल उद्धार गरिएको उहाँको भनाइ छ ।

आफ्नो ज्यानको परबाह नगरी बालकलाई नदीबाट उद्धार गर्ने प्रहरी हवल्दार ऐडीलाई स्थानीयले धन्यवाद दिएका छन् ।