२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बगरखेतीले उकास्यो जीवनस्तर (फोटो फिचर)



अ+ अ-

बर्दिया: बर्दियाको गुलारिया नगरपालिका वडा नं. ५ का किसानले बबई नदीको किनारमा रहेको बगरमा खेती गरेर आम्दानी गर्न थालेका छन् । त्यसै खेर जाने बगरमा हिउँद तथा वर्षा दुवै समयमा खेती गरेर यहाँका किसानले मासिक १ लाख रुपैयाँसम्म कमाउने गरेका हुन् ।

नदीको  बगरमा गरिएको खेतीले बालापुरका किसानको आर्थिक जीवनस्तर फेरिएको छ । यहाँको २५ बिगाह क्षेत्रफल बगरमा २७ परिवारले खेती गर्दै आएका छन् । बालापुरस्थित बबई नदीको किनारमा गुलरिया वडा नम्बर ५ का २७ घर परिवारले हाल तिल, साग, सखरखण्ड, लौका, काउली र बन्दाको खेती गर्दै आएका छन् ।

हिउँदमा भने यहाँ किसानले खरबुजा, लौका र करेला खेती गर्ने गरेका छन् । स्थानीय गोपीलाल चौधरीको परिवारले ५ वर्षदेखि बगरमा खेती गर्दै आएको छ । बगरखेतीबाट आफूहरुले वार्षिक १२ लाख रुपैैयाँ आम्दानी गर्ने गरेको चौधरीले बताउनु भयो । मनसुनको समयमा बबई नदीमा आएको बाढीले नजिकको जमिनलाई बगर बनाइदिएपछि त्यही बगरमा स्थानीय किसानले मौसमी तथा बेमौसमी खेती गर्दै आएका छन् । स्थानीय चौधरीले २ बिगाहा क्षेत्रफलमा मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन् । विगतमा मजदुरी गर्ने आफ्नो परिवारको जीवन बगरखेतीले बदलेको उनको भनाइ छ ।

जलवायु उत्थानशिल कार्यक्रम अन्तर्गत प्राक्टिकल एक्शनले बगरखेतीको लागि बीउबिजन र कृषि विज्ञको साथै सिंचाईका लागि प्राविधिक सहयोग गर्दै आएको छ । समय समयमा हुने तालिम र बीउबिजनको सहयोगले खेती गर्नमा उत्साहित बनाएको चौधरीको भनाइ छ ।

त्यसैगरी, कैलालीको धनगढी नगरपालिका र टीकापुर नगरपालिकाका किसानले पनि बगर खेती गरेका छन् ।  धनगढी वडा नम्बर १९ पूर्वी ललितपुरका २१ जनाले बगरखेतीबारे तालिम लिएका छन् । उनीहरुले मोहना नदीको किनारमा खेती गर्दै आएका छन् । यस्तै टीकापुर वडा नम्बर ८ वनगाउँका ८ जना किसानले पनि बगरखेती गरिरहेका छन् । कर्णालीको बगरमा खेती गर्दै आउनुभएका रमेश चौधरी संस्थाले तालिम दिएपछि खेती सहज हुनुको साथै आम्दानी पनि बढेको बताउँछन् । छोराछोरीको पढाई र दैनीक खर्च धानेर केही रकम भविष्यलाई वचत पनि गरेको उनले बताए ।

बर्दिया, शम्भु थारु/ न्युज एजेन्सी नेपाल