२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतभेद भए पनि छलफलबाट अघि बढौं, हतार गर्न आवश्यक छैनः रामकुमारी झाँक्री



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टीभित्रका मतभेदलाई संवाद र छलफलबाट समाधान गर्नुपर्ने बताएकी छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै झाँक्रीले राजनीतिक जीवनमा उतारचढाव आउनु स्वाभाविक भएको बताउँदै कुनै पनि निर्णय हतारमा गर्न नहुने धारणा राखेकी छन् ।

उनले लेखेकी छन्, “राजनीतिक जीवनमा उतारचढाव त आउँछ नै । हरेक मान्छेमा वैचारिक भिन्नता हुन्छ, कार्यशैली फरक हुन सक्छ। हरेक अवस्थालाई व्यवस्थापन गरेर अगाडि बढ्नसक्ने र देशको तत्कालीन अवस्थालाई बुझेर सही निर्णय लिनु नै नेतृत्वको मापन हो ।”

झाँक्रीले पार्टीभित्र मतभेद र विचारभिन्नता हुनुलाई स्वाभाविक ठहर गर्दै आग्रहपूर्वाग्रह त्यागी छलफलमा बस्न नेताकार्यकर्ताहरुलाई आग्रह गरेकी छन् ।

उनले थपेकी छन्, “हामी सबै छलफलमा बसौं। आग्रहरपूर्वाग्रह त्यागौं । आन्दोलनलाई सही दिशामा पुर्‍याऔं। हतार गर्नुपर्ने कुनै कारण छैन । धैर्यका साथ संवाद जारी राखौं ।”

अहिलेको आवश्यकता जल्दबाजीको नभई सहि निर्णयमा पुग्नका लागि केही समय लिनु र सहमति खोज्नु रहेको उनको भनाई छ ।

हाल एकीकृत समाजवादीभित्र आन्तरिक असन्तुष्टि र समूहगत असहमति देखिएका बेला झाँक्रीको उक्त अभिव्यक्तिलाई नेतृत्वबीचको संवाद र एकताका लागि दिएको सन्देशका रूपमा लिइएको छ ।