२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार मुद्दा लागेपछि पनि माधव नेपालले पार्टी अध्यक्ष छाड्न चाहानुभएन: घनश्याम भुसाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पछिल्ला २० वर्षमा नेपालमा धेरै कुरा बदलिएपनि राजनितिक दलको नेतृत्व भने बदलिन नसकेको बताउनुभएको छ ।

काठमाडौंमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान, राज्य व्यवस्था, बसाईँसराई, आर्थिक गतिविधि, बजारको विस्तार लगायतका धेरै गतिविधिले समाज नयाँ हिसावले पुनःगठित भएको बताउनु भयो । प्रविधि, यसको विकास र यसले समाजमा पारेको प्रभाव, मनोविज्ञानले धेरै कुरा बदलिएपनि पुराना पार्टीहरुको नेतृत्व भने बदलिन नसकेको बताउनु भयो ।

उहाँले संसद विघटन गर्दा पनि केपी ओली एमाले अध्यक्ष भइरहने, पार्टी सकिएर जाँदा पनि पुष्पकमल दाहाल माओवादी केन्द्रको अध्यक्ष भईरहने प्रवृत्ति हट्न नसकेको बताउनु भयो । उहाँले सुशासनको कुरा गर्ने तर भ्रष्टाचार मुद्दा लागेपछि पनि एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी अध्यक्ष छाड्न नचाहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी धेरै नयाँ भईसकेका छौँ । हामी नयाँ संविधान लेख्यौँ, राज्य व्यवस्था नयाँ बनायौँ, बसाईँसराई अरु आथिएक गतिविधि बजारको विस्तार यी गतिविधि धेरै कुराले हाम्रो समाज नयाँ हिसावले पुर्नगठित हुँदैछ । यसको संरचनामा ठुलाठुला परिवर्तन आएका छन् । प्रविधि, यसको विकास, यसले समाजमा पारेको प्रभाव, मनोविज्ञान त्यो धेरै कुरा बदलियो । गएको १० वर्षमा, १५ वर्षमा, २० वर्षमा धेरै कुरा बदलियो तर बदलिँदै नबदलिएको एउटा कुरा छ, त्यो हो, हाम्रा पुराना पार्टीहरुको नेतृत्व । त्यो बदलिएन । सबै चीज बदलिनुपर्ने र बदलिसक्यो । तर पुराना पार्टीहरु नेतृत्व सधैभरी त्यही रहनुपर्ने ।’

उहाँले राजनितिक पार्टी र त्यसको नेतृत्व सुधार नभएसम्म राज्य संयन्त्रन सुध्रिन नसक्ने बताउनु भयो ।