२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले निर्वाचनबाट डराउँदैनः विष्णु पौडेल



अ+ अ-

बुटवल: नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले एमाले निर्वाचनबाट डराएर नभाग्ने बताउनुभएको छ । उहाँले एमाले सधै जनताबाट अनुमोदित शासन व्यवस्थाको वकालत गर्ने पार्टी भएकोले निर्वाचनबाट नभाग्ने बताउनुभयो ।

प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले जनताको माझमा जान आफूहरु तयार रहेको बताउँदै तर यो प्रकारको निर्वाचनको तयारीले चुनावको वातावरण वन्न नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले देशलाई संवैधानिक प्रकृयामा ल्याउन प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने र प्रतिनिधिसभामार्फत बन्ने नयाँ सरकारले निर्वाचन गराउनुपर्ने नेकपा एमालेको बटमलाईन हो भन्नुभयो ।

उपाध्यक्ष पौडेलले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने एमालेको माग रहेको बताउँदै प्रतिनिधि सभामार्फत संविधान संशोधन गरेर प्रतिनिधि सभाको सदस्य नभएको व्यक्ति पनि प्रधानमन्त्री र मन्त्री वन्न सक्ने प्रावधान ल्याई सोही सरकारले निर्वाचन गराउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले संसद पुनर्स्थापना गरी संविधान संशोधनमार्फत मात्रै निर्वाचनमा जानुपर्ने जिकिर गर्नुभयो ।

उहाँले संविधान बचाउने हो भने संसद पुनर्स्थापना गर्नुपर्ने तर्क राख्नुभयो । जेनजी युवा पुस्ताको माग सम्बोधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद पुनस्र्थापना हुनुपर्ने उहाँको भनाइ छ ।

पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेलले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको घटनाको छानविन गरी दोषीलाई कारवाही हुनुपर्ने बताउनुभयो । त्यसैगरी उहाँले भदौ २४ गते भएको आगजनी र विध्वंसको छानविन गरी दोषीमाथि कारवाही हुनुपर्ने बताउनुभयो ।

पौडेलले सुरक्षा निकायको मनोबल कमजोर भएको बताउँदै देशभर लुटिएका हतियार अझैपनि फिर्ता नभएकोले मुुलुकमा शान्ति सुरक्षाको अवस्था कमजोर रहेको टिप्पणी गर्नुभयो ।

काठमाडौंमा हुने एमालेको महाधिवेशनले सर्वसम्मत नेतृत्व छान्ने पौडेलको भनाइ छ । जेनजीहरुको भावनाको नेकपा एमालेले सम्मान गर्ने उल्लेख गर्दै उपाध्यक्ष पौडेलले नयाँ निर्वाचनमार्फत गठन हुने सरकारले संविधान संशोधन गरि देशमा जेनजीहरुको माग र भावना बमोजिमको व्यवस्थामा जान सकिने धारणा राख्नुभयो ।

कार्यक्रम प्रेस चौतारी रुपन्देहीकी अध्यक्ष भगवती पाण्डेको अध्यक्षतामा भएको थियो ।