२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशसभा यथाशीघ्र सञ्चालन गरिने



अ+ अ-

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज सम्पन्न सर्वदलीय बैठकले सुदूरपश्चिम प्रदेशसभा यथाशीघ्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले जेनजी आन्दोलनपछि सञ्चालन हुन नसकेको प्रदेशसभा यथाशीघ्र सञ्चालन गर्ने निर्णय गरेको मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्बर बमले जानकारी दिनुभयो ।

सो सर्वदलीय बैठकमा सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरी, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश प्रमुख सचेतक विक्रमसिंह धामी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपनेता अक्कलबहादुर रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य खेमादेवी विष्ट र नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा सदस्य पमदबहादुर शाहीको उपस्थिति थियो ।