२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरत्चन्द्र चट्टोपाध्यायको अमर कृति ‘शेष प्रश्न’ अब नेपालीमा



अ+ अ-

काठमाडौँ: बंगाली साहित्यकार शरत्चन्द्र चट्टोपाध्यायको उत्कृष्ट उपन्यास शेष प्रश्नको नेपाली अनुवाद प्रकाशन भएको छ । संगीतज्ञ तथा कवि आभासले अनुवाद गरेको शेष प्रश्नलाई पब्लिकेसन नेपालयले बजारमा ल्याएको हो ।

किशोरावस्थामै पढेको शेष प्रश्नको सुखद प्रभाव आफूबाट कहिल्यै नहटेपछि नारायण वाग्लेको अनुरोधमा अनुवाद गर्न तम्सिएको आभासले बताए । कालिकास्थानस्थित आरशालामा मंगलबार साँझ आयोजित पुस्तक लोकार्पण कार्यक्रममा अनुवादक आभासले भने, ‘मन परेको उपन्यास कुन हो भनेर कुराकानी हुँदै गर्दा मलाई सबैभन्दा पहिला शेष प्रश्नकै सम्झना भयो । धेरै पछि फेरि यही किताब पढ्दा झनै मन पर्यो ।

आभासले आफ्नो यो अनुवाद कर्मलाई कुनै गीति सृजनामा आफ्नै पाराले धुन भरेको रुपमा व्याख्या गरे ।

लोकार्पित पुस्तक शेष प्रश्नबारे कुमारी प्रश्नहरू’ कथा संग्रहकी लेखक दुर्गा कार्कीले भनिन्, ‘उपन्यास छापिएको झन्नै सय वर्ष पछि पनि मूल पात्र कलम सपना जस्तै लाग्छिन् । उनको पात्रले बोकेको बहुआयामिकताजटिलतासूक्ष्मता र क्रान्तिचेत प्रगतिशील साहित्यमा विरलै भेटिने कुरा हो । पुरुषद्वारा रचिएका आख्यानमा त झनै कम । दुःखको कुरो प्रेमनैतिकताविवाहलगायत लैंगिक सामाजिक मूल्यमान्यतामा शेष प्रश्नमार्फत गरेको परिकल्पनादेखि हामी अझै पनि धेरै पर छौँ । यसको चरित्र चित्रणसंवादात्मक आख्यानशैली र प्रगतिशीलता सुन्दर छ ।’ मुख्य नारी पात्र कमल आफूलाई प्रेरणादायी लागेको उनले बताइन् ।

 कार्यक्रममा अनुवादक आभासले आफू बंगाली साहित्य र संगीतबाट प्रभावित रहेको बताए । आफू बंगालमा लामो समय बसेको अनुभव सुनाउँदै रवीन्द्र गान सुनाएर आफ्नो मन्तव्य आरम्भ गरे । अन्त्यमा उनले उत्तर बंग विश्वविद्यालयमा प्राध्यापनरत सञ्जय बान्तवाले लेखेको नयाँ गीत नसुनाऊ मलाई धेरै झुटा तिम्रा कुरा’ आफ्नै धूनमा सुनाए ।

 शरत्चन्द्र चट्टोपाध्याय संसारभरि धेरै पढिने लेखक मध्ये पर्छन् । उनका उपन्यासकथानाटकनिबन्ध आदि कृति सयभन्दा बढी प्रकाशित छन् । शरत्चन्द्रका कृति भारतका विभिन्न भाषा तथा थुप्रै अन्तर्राष्ट्रिय भाषामा अनूदित छन् । उनको कृति देवदासमा आधारित भएर दर्जनौं सिनेमा तथा शृङ्खला बनेका छन् ।
पब्लिकेसन नेपालयले सन् २०२५ मा अनुवादका चार पुस्तक प्रकाशन गरेको जनाएको छ ।

लोकार्पण कार्यक्रममा पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले भने, ‘भारतीय लेखक फणीश्वरनाथ रेणुले नेपालको २००७ सालको क्रान्तिबारे लेखेको पुस्तक सात सालको कथा’, नोबेल पुरस्कार विजेता लेखक मो यानका छानिएका कथा र उपन्यासिकाको अनुवादको पुस्तकनारायण वाग्लेको कोरियाना कफी गफको अंग्रेजी अनुवाद र अहिले शरत्चन्द्र चट्टोपाध्यायको उपन्यास शेष प्रश्न’ प्रकाशन गरेका छौँ ।

दुई दशकदेखि मासिक सांगीतिक शृंखला पलेँटी’ संयोजन गर्दै आएका अनुवादक आभास संगीतज्ञ तथा कवि हुन् । उनको भूगोलमाथि उभिएको जैतून’ कविता संग्रह प्रकाशित छ । साथै उनले थुप्रै बालसाहित्य र बालसंगीत पनि सृजना गरेका छन् ।