२१ असार २०८३, आईतवार
,
Latest
दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा देखिएको ‘लम्पी स्किन’ सङ्क्रमण नियन्त्रणमा



अ+ अ-

नेपालगञ्ज। बाँकेका सात वटा स्थानीय तहका पशु चौपायामा दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’को सङ्क्रमण नियन्त्रणमा आएको देखिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जले आज यहाँ आयोजना गरेको स्थानीय तहका पशुसेवा प्राविधिकसँगको अन्तरक्रियामा विज्ञ केन्द्रका निमित्त प्रमुख तथा वरिष्ठ पशु चिकित्सक गणेशबहादुर पुनले सो जानकारी दिनुभयो ।

उहाँले केही स्थानीय तहमा लम्पी स्किनको सङ्क्रमणका कारण दुई वटा पशु मरेको उल्लेख गर्दै खोपको व्यवस्थापन र मौसमममा आएको फेरबदलले पनि सङ्क्रमण कम हुँदै गएको बताउनुभयो । दसँैअघि नै सात स्थानीय तहका १५० भन्दा बढी पशु चौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको थियो ।

जिल्लाको राप्तीसोनारी, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकाका केही क्षेत्रमा लम्पी स्किनको सङ्क्रमण देखिएको थियो ।

जानकी गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दिलबहादुर खड्काले पालिकामा १६२ वटा पशु चौपायमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिनासाथ खोप उपलब्ध गराइएको र पशुको आहारामासमेत ध्यान दिइएकाले अहिले छिटफुट घटना बाहेक लम्पी स्किन नियन्त्रणमा आएको बताउनुभयो ।

“केही किसानलाई औषधि किन्न लगायौँ, कही हामी आफैँले पनि सहयोग गरेर लम्पी स्किन नियन्त्रणमा आएको छ,” उहाँले भन्नुभयो । लम्पी स्किनका १६२ पशु चौपायाको उपचार भएको जानकारी दिँदै खडकाले करिब ७ वटा पशुको उपचार जारी रहेको र सङ्क्रमण घट्दो अवस्थामा रहेको बताउनुभयो ।

राप्तीसोनारी गाउँपालिकाका पशुसेवा शाखा प्रमुख जयबहादुर कार्कीले राप्तीसोनारी गाउँपालिका–६ को खल्ला टपरीबाट सुरुमा लम्पी स्किनको सङ्क्रमण सुरु भएको उल्लेख गर्दै एक साताअघि मात्रै वडा नं ८ मा पनि सङ्क्रमण देखिएको जानकारी दिनुभयो । धेरैजसो पशुमा लम्पी स्किनको सङ्क्रमण नियन्त्रणमा आएको उल्लेख गर्दै उहाँले भ्याक्सिनको अभावले सुरुमा केही समस्या भएको बताउनुभयो ।

नरैनापुर गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख जगतराम यादवले ८५ वटा पशु चौपायमा लम्पी स्किनको घटना देखिएको जानकारी दिँदै भयावहस्थिति नरहेको बताउनुभयो । रासस