२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनैतिक निकास बिना आन्दोलन सस्थागत हुन सक्दैन, सामूहिक नेतृत्वको समय आयोः सुमना श्रेष्ठ



अ+ अ-

काठमाडौं । निवर्तमान सांसद सुमना श्रेष्ठले पुराना राजनीतिक दलहरूबाट सुधार (रिफर्म)को आशा राख्नु मुर्खता भएको टिप्पणी गरेकी छन्।

उनले देशमा स्थायी राजनीतिक परिवर्तनका लागि अब एकल नेतृत्व होइन, सामूहिक नेतृत्व को अवधारणामा जानुपर्ने आवश्यकता औंल्याएकी छन्।

सामाजिक सञ्जालमार्फत श्रेष्ठले लेखेकी छन्, “राजनैतिक निकास बिना कुनै पनि आन्दोलन सस्थागत हुन सक्दैन भन्ने बुझाइ हामी सबैको हो। तर पुराना दलहरू रिफर्म होलान र राजनैतिक निकास पाइएला भन्ने आशा राख्नु मुर्खता हो।”

उनले पटक–पटक सत्तामा पुगेका पुराना नेताहरूले देशलाई निराशा बाहेक केही दिन नसकेको उल्लेख गर्दै अहिले फेरि ती नै शक्तिहरू चुनावी समीकरण मिलाउनका लागि एकजुट भइरहेका बताएकी छन्।

परिवर्तनका लागि अघि आएका नयाँ समूहहरू भने अझै एकजुट हुन नसकेको प्रमुख कारण नेतृत्वमा विवाद हुनु भएको उनको भनाई छ। उनले भनिन्, “परिवर्तन ल्याउने भनिएकाहरू अझै छिन्नभिन्न छन्। यसको एउटा कारण नेतृत्व कसले लिने भन्ने कुरामा गएर अड्कने रहेछ।”

उनी सामूहिक नेतृत्वको अवधारणालाई अघि सार्दै भन्छिन्, “सबै समूह, वर्ग, क्षेत्र र विशेषगरी सामाजिक मुद्दाहरूलाई एकीकृत गर्दै निकासका लागि एकल नेतृत्वबाट हटेर सामूहिक नेतृत्वमा जान सकिन्छ। पार्टीलाई दिशा दिन एक नेता होइन, एउटा परिषद् (काउन्सिल अफ लिडर्स’ बनाउन सकिन्छ।”

श्रेष्ठले कुनै एक नायकको अनुहार अघि सार्नेभन्दा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन्।

उनले थपेकी छन्, अहिले देशलाई आवश्यक सरकार मध्यमार्गी बाटोमा हिँड्दै बजारलाई उचित नियमनमा राख्ने र समृद्धि ल्याउने खालको हुनुपर्छ।

 




भर्खरै