२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारत स्टार्टअप पार्टनरसीप नेटवर्कसम्बन्धी अभिमुखीकरण सम्पन्न



अ+ अ-

काठमाडौँ। यहाँस्थित भारतीय राजदूतावासले आगामी महिनामा आयोजना गर्न लागेको भारत–नेपाल स्टार्टअप पार्टनरसीप नेटवर्कको पहिलो कार्यक्रमसम्बन्धी अभिमुखीकरण सत्र सम्पन्न गरेको छ ।

नेपाल–भारतको स्टार्टअप ‘इकोसिस्टम’बीचको अन्तरक्रियालाई वृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिने पहिलो ‘इन–स्पान’ कार्यक्रम सन् २०२५ डिसेम्बरमा आइआइटी मद्रासमा सुरु हुने कार्यतालिका रहेको दूतावासले जनाएको छ ।

उक्त कार्यक्रममा नेपालका स्टार्टअपका प्रतिनिधिका लागि आइआइटी मद्रास प्रवर्तकसँगको सहकार्यमा आठ हप्ताको प्रशिक्षण र नवप्रवर्तन कार्यक्रम समावेश हुनेछ । उक्त ढाँचामा प्रशिक्षित हुन चाहने सहभागीका लागि तालिम, परामर्श र इन्टर्नसीप समावेश हुनेछ ।

दूतावासमा भएको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले उक्त पहलको प्रशंसा गर्नुभएको थियो । दूतावास परिसरमा आयोजित उक्त सत्रमा विभिन्न स्टार्टअपहरू, सरकारी विभाग, वाणिज्य सङ्घ, रोबोटिक्स एशोसिएसन अफ नेपाल, एनएएस आइटी, फिनटेक एलायन्स, एआई एशोसिएसन अफ नेपाल र शैक्षिक संस्थाबाट करिब १०० जना सहभागी उपस्थित हुनुहुन्थ्यो ।

वीरगञ्जका तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इञ्जिनियरिङ अध्ययन संस्थान, धरान क्याम्पसका करिब ६० जना सहभागी भर्चुअल रूपमा कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । इलेक्ट्रिकल इञ्जिनियरिङका प्राध्यापक तथा सेन्टर फर ह्युमन सेन्ट्रिक एआई, आइआइटी मद्रासका प्रमुख वैज्ञानिक प्रो गौरव रैना अनलाइन कार्यक्रममा सामेल हुनुहुन्थ्यो भने  आइआइटी मद्रास र आइआइटीएम प्रवर्तकको नवप्रवर्तन इकोसिस्टमका बारेमा जानकारी दिनुभएको थियो ।

यसअघि सोही त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा पनि यस्तै सत्र आयोजना गरिएको थियो जसमा करिब ७० विद्यार्थी सहभागी  हुनुहुन्थ्यो । आवेदनको मूल्याङ्कन र उम्मेदवारको अन्तर्वार्ताका आधारमा उक्त कार्यक्रमका लागि छनोट हुने दूतावासले जनाएको छ । आवेदन यही नोभेम्बर १५ गतेसम्म खुला रहनेछ । रासस