२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई अनुदानमा गहुँको बीउ



अ+ अ-

तुलसीपुर, (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिकाले किसानलाई गहुँको बीउ वितरण सुरु गरेको छ ।

बिहीबारदेखि उपमहानगरपालिकाले गहुँको बीउ वितरण सुरु गरेको हो । यस वर्ष दुई हजार क्विन्टल गहुँको बीउ वितरण गर्न लागिएको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो ।

उहाँका अनुसार गौतम, विजय र वाणगङ्गा जातका बीउ ल्याइएको छ । जसमा ७० क्विन्टल गौतम, ९० क्विन्टल विजय र ४० क्विन्टल बाणगङ्गा बीउ ल्याइएको हो । किसानहरूलाई सहजताका लागि यसरी बीउ ल्याएर वितरण गर्ने गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार ५० प्रतिशत अनुदानमा किसानलाई बीउ उपलब्ध गराउने गरिएको छ । जसमा किसानलाई प्रतिकिलो ३७ रूपैयाँ पर्न जान्छ । रासस