२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव प्रति झाँक्रीको टिप्पणी-आफ्नै बेइज्जत हुने कारबाही त नगरेको भए पनि हुने कमरेड !



फाईल फोटो
अ+ अ-

काठमाडौं । विद्रोही स्वभावकी नेतृ रामकुमारी झाँक्रीले नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालप्रति आक्रोस व्यक्त गरेकी छन् ।

नेपालले नेकपा एकीकृत समाजवादीलाई नेकपा माओवादी केन्द्रमा समायोजन गरेपछि झाँक्रीले त्यसलाई स्वीकार नगरी एमालेमै फर्किने तयारी गरेकी छन् ।

नेपाली कम्युनिस्ट पार्टीमा सामेल हुने अस्वीकार गर्दै झाँक्रीले एकीकृत समाजवादीको अध्याय समाप्त भएको टिप्पणी गरेकी थिइन् ।

आज उनले सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै आफ्नै बेइज्जत हुने कारबाही न नगरेको भए हुने कमरेड भनेकी हुन् ।

झाँक्री सामाजिक सञ्जालमा लेखेकी छन्–

प्रिय कमरेड माधव

अभिवादन !

आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ।

केही अर्थ छ र अब पनि कारबाहीको ? लोकले के भन्ला भन्ने पनि लागेन र ? तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने जिम्मेदारीमा बसेर काम गर्नु भयो। यो अन्तिम घटनाले तपाईँको इतिहासलाई फेरी बल्झायो । जिन्दगीमा के लानु छ कमरेड ? समाज र देशको लागि जीवन जवानी अर्पण गरेको व्यक्तिले।

लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पसलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि। बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना। तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधैँ सम्झने छु।




भर्खरै