२१ असार २०८३, आईतवार
,
Latest
सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्बोडियामा ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२६ हुर्दै’ कार्यक्रम व्यवस्थापन सिजन मिडिया गर्ने



अ+ अ-

काठमाडौं : पेशागत उत्कृष्टता, नवप्रवर्तन र सांस्कृतिक तथा पर्यटन आदानप्रदानको अवसर प्रदान गर्ने हेतुले ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२६ आयोजना हुने भएको छ ।

आगामी अंग्रेजी नयाँवर्षको अवसरमा जनवरी पहिलो साता कम्बोडियामा भव्य रूपमा आयोजना हुन लागेको हो । उक्त कार्यक्रम कम्बोडियामो जुवा सप्लाइज एण्ड मेन्टेनेन्स कम्पनी लिमिटेड (जेयसएम कम्बोडिया) द्वारा आयोजना हुने छ भने नेपालको सिजन मिडियाले कार्यक्तमको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ ।

यो अवार्ड समारोहले कम्बोडियामा लगायत एसियन मुलुकका विभिन्न क्षेत्रमा सफल र सक्रिय उद्योगी, कलाकार, नवप्रवर्तन, पर्यटन, शिक्षा र स्वास्थ्यलगायत विभिन्न क्षेत्रका असाधारण योगदान दिएका व्यक्तित्व र संस्थाहरूलाई अवार्ड सम्मान प्रदान गर्नेछ । उक्त कार्यक्रममा नेपालबाट पनि सहभागीताको लागि आवेदन दिन सकिने आयोजक प्रमुख लियाङ बोपाले जानकारी दिनु भयो ।

कार्यक्रमले केवल अवार्ड वितरणसम्म सीमित नभई एसियन मुलुकका व्यवसायी, कलाकार, उद्यमी र नवप्रवर्तकहरूलाई नेटवर्किङ र अनुभव आदानप्रदानको प्लेटफर्म पनि प्रदान गर्नेछ । यस मार्फत नेपाल र कम्बोडियाबीचको द्विपक्षीय मित्रता, सांस्कृतिक कूटनीति र पर्यटन प्रवर्धनलाई थप बल मिल्ने अपेक्षा गरिएको छ ।

अवार्डमा प्रमुख अतिथिको रुपमा कम्बोडिया सरकारवाट प्रतिनिधिहरु सहभागी हुनेछ भने दुई देशका व्यवसायीहरु पनि सहभागी हुनेछन ।

उक्त कार्यक्रममा उद्यमी, व्यवसायिक नेतृत्वकर्ता, प्रशिक्षक, मिडिया व्यक्तित्व, स्वास्थ्य र सौन्दर्य विशेषज्ञ, पेशागत, शिक्षक लगायतका विभिन्न पेशागत क्षेत्रका व्यक्ति तथा सस्थालाई समावेश गर्ने गरिने कार्यक्रम व्यवस्थापक प्रदीपराज वन्तले बताए अवार्डको माध्यमबाट एसियन मुलुकभरका पेशागत र संस्थागत व्यक्तित्वहरूको योगदानलाई मान्यता दिने र अन्तर्राष्ट्रिय सहयोग तथा सांस्कृतिक आदानप्रदानलाई प्रवर्धन गर्ने उद्देश्य राखिएको छ । भने अन्य जानकारीको लागि नेपालका लागि कार्यक्रम साझेदारी सस्था सिजन मिडियामा सम्पर्क गर्न सकिनेछ ।