२१ असार २०८३, आईतवार
,
Latest
३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता : डडेल्धुराको महेन्द्र मावि प्रथम



अ+ अ-

डडेल्धुरा। सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा डडेल्धुराको महेन्द्र माध्यमिक विद्यालय प्रथम भएको छ । विद्यालयले भौतिक, रासायनिक र जीव विज्ञानसँग सम्बन्धित विभिन्न प्रयोगात्मक नमूना प्रदर्शनी प्रस्तुत गर्दै शीर्षस्थान हात पारेको हो ।

शुक्रबार डडेल्धुरास्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित प्रदर्शनीमा सुदूरपश्चिमका सात जिल्लाका नौ विद्यालयको सहभागिता थियो भने डोटी र अछामका विद्यालय भने अनुपस्थित रहेका थिए ।

स्थानीय तहबाट छनोट हुँदै प्रदेशस्तरसम्म पुगेका विद्यालयबीचको प्रतिस्पर्धामा निर्णायकमण्डलले स्थानीय सामग्रीको उपयोग, आर्थिक व्ययभार, प्रस्तुतीकरण र प्रभावकारिताका आधारमा मूल्याङ्कन गरेको थियो ।

महेन्द्र माविले सात जिल्लाका अन्य विद्यालयलाई पछि पार्दै प्रथम स्थान हासिल गर्दै रु २० हजार नगद पुरस्कार प्राप्त गरेको छ । दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय अत्तरियाले द्वितीय हुँदै रु १५ हजार प्राप्त गरेको छ ।

यस्तै महेन्द्रनगर माध्यमिक विद्यालय कञ्चनपुर तृतीय भई रु १० हजार प्राप्त गरेको छभने भानोदय माध्यमिक विद्यालय बाजुराले सान्त्वना पुरस्कारस्वरूप रु पाँच हजार प्राप्त गरेको छ ।

विज्ञान विषयतर्फ विद्यार्थीको आकर्षण बढाउनका लागि विज्ञान प्रदर्शनी आयोजना गरिएको महेन्द्र माविका प्रधानाध्याक सुरेन्द्रसिंह ऐरले बताउनुभयो । पछिल्लो समय विज्ञान विषय पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गइरहेको उल्लेख गर्दै उनले विषय शिक्षक पाउन पनि मुस्किल भइरहेको बताउनुभयो ।

कार्यक्रमले सुदूरपश्चिमका विद्यार्थीहरूमा विज्ञानप्रतिको रुचि र प्रयोगात्मक अध्ययनप्रतिको उत्साह बढाउने अपेक्षा गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्क क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशी रहनुभएको थियो ।रासस