२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएमसी थियटरमा ‘शून्यदेखि सगरमाथा’ डकुमेन्ट्रीको ऐतिहासिक प्रदर्शन



अ+ अ-

अटलान्टा, अमेरिका। नेपाली पत्रकार तथा लेखक प्रेम बानियाँको परिकल्पनामा तयार डकुमेन्ट्री ‘शून्यदेखि सगरमाथा (Zero to 8848)’ को पहिलो प्रदर्शन (फर्स्ट शो) आज एएमसी थियटरमा एक अभूतपूर्व र ऐतिहासिक जमघटबीच सम्पन्न भयो।

कार्यक्रममा सिनेटर शेख रहमान, क्लार्कस्टन मेयर बेभर्ली ब्रुक्स र किंग अफ पप् ओमबिक्रम बिष्ट विशेष अतिथि रहनुभयो। शो हाउसफुल उपस्थितीसहित सम्पन्न भएको थियो। कार्यक्रममा अमेरिकी सरकारी अधिकारी, यहाँस्थित नेपाली संघसंस्था, र नेपालीभाषी समुदायको व्यापक सहभागिता देखियो।

करिब १ मिलियन डलर लागतमा निर्माण गरिएको उक्त डकुमेन्ट्री नेपालको झापा कचनकवलदेखि सगरमाथाको शिखरसम्मको यात्रामा आधारित छ। यसले समुद्र सतहको शून्य तहदेखि विश्वकै सर्वोच्च शिखरसम्मको सबैभन्दा छोटो दूरीमा आधारित ट्रेकिङ ट्रेल अवधारणालाई पहिलोपटक विश्वमाझ प्रस्तुत गरेको छ।

डकुमेन्ट्रीको परिकल्पना, लेखन र नेतृत्व प्रेम बानियाँले गर्नुभएको हो। यसमा चर्चित हलिउड डकुमेन्ट्री पात्र तथा नर्थ फेसका ब्रान्ड एम्बासेडर कोनराड एन्कर, १८ पटक सगरमाथा आरोहण गरेका टेण्डी शेर्पा, विश्व साइकल यात्री तथा आरोही पुश्कर शाह, र माउन्टेनियर आङ पासाङ शेर्पा आदिको फिचरिङ छ।

डकुमेन्ट्रीको निर्देशन र सम्पादन निरन्जन पाण्डे र बलराम बुढाथोकीले गरेका हुन् भने कार्यकारी निर्माता श्रीराम वाग्ले हुन्। निर्मातामा कपिलशरण वाग्ले, एलेक्स पराजुली, राजेन्द्र पाण्डे र जय नारायण शाह रहेका छन्।

निर्माण कम्पनीका अनुसार ‘शून्यदेखि सगरमाथा’ डकुमेन्ट्री विश्वका प्रमुख शहरहरूमा क्रमशः प्रदर्शन गरिनेछ।