७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

५४ प्रतिशत प्रतिनिधिको मागपछि कांग्रेस महामन्त्री शर्माको प्रश्न — ‘विशेष महाधिवेशन गर्ने कि नगर्ने ?’



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा विशेष महाधिवेशनको माग गरेकाले अहिलेको मूल प्रश्न त्यसको आयोजनासम्बन्धी निर्णय नै भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार प्रतिक्रिया जनाउँदै उनले लेखेका छन्, ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो।’

यस्तो मागलाई या त विशेष महाधिवेशन बोलाएर वा त्यसकै अवधिभित्र नियमित महाधिवेशन आयोजना गरेर मात्र सम्बोधन गर्न सकिने उनको भनाई छ। ‘यस विषयलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरी स्पष्ट रूपमा बुझ्न आवश्यक छ,’ उनले भनेका छन्।

उनले नेपाली कांग्रेसको विधानले नियमित महाधिवेशन पुस, माघ, वैशाख महिनामा वा सो भन्दा अघिपछि गर्न नरोकेको स्पष्ट पारेका छन्। तर विशेष महाधिवेशन भने ९० दिनभित्र सम्पन्न गर्नै पर्ने बाध्यात्मक व्यवस्था विधानको दफा १७(२) मा रहेको स्मरण गराएका छन्।