२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश जलाउनेहरुले नै सरकार चलाइरहेका छन्ः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेकाहरुले नै जेन–जी आन्दोलनको नाम देश जलाउने काम गरेको आरोप लगाउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ, नेपालको केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले जेन–जी आन्दोलन सडकमा उफ्रिनेहरुले नै देश जलाउने काम गरेको जिकिर गर्नुभएको हो ।

जलाउनेहरुले नै देश चलाउने तमासा देखाईरहेको अध्यक्ष ओलीको भनाई थियो । उहाँले मुलुक असाधारण संकटमा रहेकाले त्यसलाई जोगाउन युवाहरु अघि बढ्नुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो,‘देश जलाउने पनि तिनै, चलाउने पनि तिनै एउटा तमासा देखिएको छ । जसले जलाउने त्यसले चलाउने । यस्तो तमासा भईराखेको छ । जलाउनुका पछाडि पनि यिनै थिए । मैदानमा देखिएका थिए । मैदान एक एक फिट माथि बुरुक्क उफ्रिएकै थिए । अहिले चलाउनेमा पनि फेरि कुर्सीमा विराजमान तिनै तत्वहरु देखिएका छन् । जो संविधानले मिल्दैमिल्दैन, हुँदैहुँदैन भन्छ । तिनै व्यक्तिहरु ।’ 

अध्यक्ष ओलीले संविधान र लोकतन्त्र रक्षाका लागि प्रतिनिधि सभा पुनःस्थापनाको माग लिएर आन्दोलनमा जाने निर्णय लिएको स्पष्ट पार्नुभयो ।