२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला दिगाः लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोना विजयी, रियलले अंक बाँड्यो



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियल रायो भलेकानोसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

यस्तै, अर्को खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई उसकै घरेलु मैदानमा ४–२ गोलले हरायो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे । उनले १० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ३७ औं र ७३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाका लामिने यामलले गोल थपे ।

सेल्टाका सर्जिओ कारेइरा र बोर्जा इग्लेसियासले गोल गरेपनि टोलिको हार टार्न सकेनन् ।

यो नतिजापछि बार्सिलोना १२ खेलबाट २८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । रियल ३१ अंकका साथ शीर्षस्थानमा यथावत छ ।