२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपडेटः भेन्टिलेटरमा छन् धर्मेन्द्र, उनको मृत्युको गलत समाचारप्रति हेमा मालिनी आक्रोशित



अ+ अ-

एजेन्सी । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र अस्पतालमा भर्ना भएका छन्, जहाँ उनको अवस्था गम्भीर रहेको बताइएको छ।

धेरैजसो भारतीय तथा नेपालका सञ्चारमाध्यमहरूले उनको निधनको समाचार प्रसारण गरे । तर, त्यसबारे आपत्ति जनाउँदै उनकी छोरी इशा देओलले सामाजिक सञ्जालमार्फत जानकारी दिइन् कि धर्मेन्द्रको स्वास्थ्य अहिले स्थिर छ, भने पत्नी हेमा मालिनीले झूटा समाचार फैलाउनेहरूमाथि आक्रोश व्यक्त गरेकी छन् ।

इशा देओल र हेमा मालिनी पुगे अस्पताल

धर्मेन्द्रलाई भेट्न मंगलबार बिहान हेमा मालिनी र इशा देओल अस्पताल पुगेका छन् । यो समयमा इशाको अनुहारमा उदासीसँगै केही रिसको झल्को पनि देखिन्थ्यो ।

हेमा मालिनीले निधनको झूटा समाचारप्रति आक्रोश व्यक्त

हेमा मालिनीले गलत खबर फैलाउने सञ्चार माध्यममाथि आक्रोश व्यक्त गर्दै एक्समा लेखेकी छन् —

‘जे भइरहेको छ, त्यो माफ गर्न योग्य छैन । जिम्मेवार मिडिया च्यानलहरूले कसरी त्यस्तो व्यक्तिको बारेमा झूटा समाचार फैलाउन सक्छन्, जो उपचारको प्रतिक्रिया दिइरहेका छन् र निको हुँदैछन् । यो अत्यन्तै अपमानजनक र गैरजिम्मेवार व्यवहार हो । कृपया परिवारको गोपनीयताको सम्मान गर्नुहोस् ।’

फ्यानहरूलाई प्रार्थना गर्न आग्रह

सोमबार हेमा मालिनीले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमार्फत धर्मेन्द्रको मुस्कुराउँदो तस्वीर साझा गरेकी थिइन् । त्यससँगै उनले लेखेकी छन् —

‘म धरमजीको स्वास्थ्यप्रति चिन्ता देखाउने सबैप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु । उहाँ अस्पतालमा उपचाररत हुनुहुन्छ र निरन्तर हेरचाह भइरहेको छ । हामी सबै उहाँसँगै छौं । म सबैलाई उहाँको स्वास्थ्य सुधार र चाँडै निको होस् भनेर प्रार्थना गर्न अनुरोध गर्छु ।’

चिकित्सकहरूको निगरानीमा छन् धर्मेन्द्र
जानकारीअनुसार, गएराति सनी देओलको टिमले विज्ञप्ति जारी गर्दै भनेका छन् —

‘धर्मेन्द्रजीको स्वास्थ्य अवस्था स्थिर छ । उनी चिकित्सकहरूको निगरानीमा छन् । आगामी अपडेट उपलब्ध हुँदा जानकारी दिइनेछ । कृपया, उनको स्वास्थ्यबारे झूटा अफवाह नफैलाउनुहोस् । सबैलाई उनको चाँडै स्वास्थ्य लाभको प्रार्थना गर्न अनुरोध गरिन्छ । परिवारको गोपनीयताको सम्मान गर्नुहोस् ।’

इशाले आफ्नो पिताको स्वास्थ्यबारे जानकारी दिँदै लेखेकी छन् कि धर्मेन्द्रको अवस्था अहिले स्थिर छ र उनी विस्तारै निको हुँदैछन् । उनले झूटा समाचार फैलाउने मिडिया च्यानलहरूलाई पनि चेतावनी दिँदै लेखेकी छन् —

‘देखिन्छ, मिडियालाई झूटा समाचार फैलाउन धेरै हतारो छ । म हाम्रो परिवारको गोपनीयता कायम राख्न सबैलाई अनुरोध गर्छु ।’




भर्खरै