२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशका मुख्यमन्त्री याद्वद्वारा पदभार ग्रहण



अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हाल्नुभएको छ ।

मंगलवार कार्यालयमा कार्यभार सम्हाल्दै उहाँले कार्यभार सम्हाल्दै उनले मधेस आन्दोलनका शहीदलाई मधेस रत्नले सम्मानित गर्ने निर्णय गर्नुभएको हो ।

मुलुकमा सङ्घीयता ल्याउन मधेसका शहीदहरूको अतुलनीय योगदान रहेको मुख्यमन्त्री यादवले बताउनु भयो । शहीदहरुलाई आर्थिक सहयोग दिएपनि सम्मान नदिइएको उहाँको आरोप छ ।

कातिक २३ गते मुख्यमन्त्री नियुक्त हुनुभएका र कातिक २४ गते बिहानै मुख्यमन्त्री पदको शपथ लिनुभएका मुख्यमन्त्री यादवले मंगलवार मधेस भवनमा पुगेर आफ्नो कार्यभार सम्हाल्नुभएको हो ।

उहाँले प्रदेशमा शान्ति सुव्यवस्था कायम गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिनुभयो ।