२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले नेपालको दिगो आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार नेपालसँग सहकार्य गरेर अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले जलविद्युत्, सांस्कृतिक सम्पदा र मानव संसाधन नेपालको विकासका निम्ति प्रचुर सम्भावना भएका क्षेत्र भएकाले तिनलाई नै प्राथमिकतामा राखेर कोरियाले साझेदारको भूमिका निर्वाह गरेको बताउनुभयो ।

समारोहमा कोरियाली संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । त्यसैगरी, नेपाल सरकारका वरिष्ठ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, उद्यमी–व्यवसायी, सञ्चारकर्मी, कामको सिलसिलामा यहाँ रहेका कोरियाली नागरिकको उपस्थिति थियो । रासस