२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनको प्रक्रिया थाल्न देउवा पक्षका केन्द्रीय सदस्यले दर्ता गराए ध्यानाकर्षणपत्र



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यले महाधिवेशनको प्रक्रिया सुरु गर्न ७ बुँदे ध्यानाकर्षणपत्र दर्ता गराएका छन् । समयसीमा निर्धारण गरी क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता टुङ्ग्याउनुपर्ने माग सहित उनीहरूले शुक्रबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षणपत्र दर्ता गराएका हुन् ।

ध्यानाकर्षणपत्रमा आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मंसिर महिनाभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाइ लागू गर्नुपर्ने माग गरिएको छ ।

ध्यानाकर्षणपत्रमा १५औं महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिबासी जनजाती, थारु, मधेशी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवम् अपांगता भएकाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्नुपर्ने पनि उल्लेख छ ।

ध्यानाकर्षणपत्रमा हस्ताक्षर गर्नुभएका केन्द्रीय सदस्य रमेश रिजालले आफु कार्य सम्पादन समितिमा रहेका कारण समर्थन भएपनि हस्ताक्षर भने हटाउन आग्रह गरेपछि उहाँको नाममा टिपेक्स लगाएर पत्र बुझाईएको एक सदस्यले जानकारी दिनुभयो ।