२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिम रोयल्सको ‘हस्पिटालिटी’ पार्टनर



अ+ अ-

काठमाडौँ । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘हस्पिटालिटी’ पार्टनर बनेको छ ।

सुदूरपश्चिम रोयल्स र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच शुक्रबार काठमाडौँमा सम्झौता भएको हो । सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका निर्देशक दुर्गा पन्तले हस्ताक्षर गरे ।

सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले हस्पिटालिटी क्षेत्रमा प्रतिष्ठित कम्पनीसँगको साझेदारीले टोलीलाई थप हौसला प्रदान गर्ने बताए ।

‘सिद्धार्थजस्तो हस्पिटालिटी  क्षेत्रमा राम्रो सेवा दिदै आइरहेको कम्पनीसँग जोडिएकोमा हामी खुसी छौँ,’ खड्काले भने, ‘यो सम्झौताले टोलीमा थप ऊर्जा र हौसला बढाएको छ।’

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका निर्देशक दुर्गा पन्तले यो साझेदारीलाई हस्पिटालिटी  क्षेत्रमा सुखद पक्षको रूपमा लिएको बताए । उनले भने, ‘सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी सुदूरपश्चिम रोयल्सको  ‘हस्पिटालिटी’ पार्टनर बन्न पाउँदा हामीलाई खुसी लागेको छ । यो साझेदारीले हस्पिटालिटी क्षेत्रमा थप अघि बड्ने अवसर मिल्नेछ।’