२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डमा अन्तर्राष्ट्रिय तस्करी नेटवर्कका दुई सदस्य गिरफ्तार



अ+ अ-

एजेन्सी । थाइल्याण्डका रेन्जरहरूले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीसँग सम्बन्धित शङ्का लागेका दुईजनालाई पक्राउ गरेका छन् । उनीहरूलाई कम्बोडियासिमाना नजिक गाडीमा ८१ ‘म्याकाक’ बाँदर राखेको अवस्थामा नियन्त्रणमा लिइएको सैन्य स्रोतले शनिबार जनाएको छ ।

‘म्याकाक’ एक प्रकारको बाँदर हो, जुन मुख्यतः एशिया, उत्तर अफ्रिका र युरोपका केही भागहरूमा पाइन्छ । म्याकाक बाँदरहरूको प्रजाति धेरै विविध छ र यिनीहरूको आकार, रङ्ग र जीवनशैलीमा विभिन्नता पाइन्छ ।

थाइल्याण्ड वन्यजन्तु तस्करीको प्रमुख मार्गको रूपमा परिचित छ, जहाँ दुर्लभ जनावरहरू चीन, ताइवान र दक्षिणपूर्वी एसियामा कालो बजारमा महँगो मूल्यमा बेचिन्छन् ।

शुक्रबार दिउँसो साराकेओ प्रान्तको अरान्याप्रथेत जिल्लामा गाडीलाई रोकेर जाँच गर्दा सैनिकहरूले बाँदरहरू निलो जालोमा थुप्रिएको अवस्थामा फेला पारे ।

१२ औँ रेन्जर फोर्स रेजिमेन्टले फेसबुकमा जारी गरेको वक्तव्यअनुसार,“३ः२० बजे दुई जनालाई पक्राउ गरी गाडीको निरीक्षण गरियो ।”

सैनिकहरूले ‘मेथाम्फेटामिन’का गोली र ‘क्रिस्टल मेथ’ पनि बरामद गरेका छन्, यद्यपि बरामद पदार्थको मात्रा खुलाइएको छैन ।

सोधपुछको क्रममा पक्राउ परेकाहरूले थाइल्याण्डबाट कम्बोडियातर्फ म्याकाक बाँदर तस्करी गर्ने अन्तर्राष्ट्रिय नेटवर्कमा संलग्न रहेको स्वीकार गरेका छन् ।

सैनिकहरू प्रहरीसँग मिलेर उनीहरूविरुद्ध वन्यजन्तु संरक्षण र लागूऔषध कानून अन्तर्गत कारबाही अघि बढाइरहेका छन् ।

गत वर्ष थाइल्याण्डमा लगभग एक हजार दुर्लभ लेमुर र कछुवालाई म्याडागास्कर फिर्ता पठाएको थियो, जुन दुई देशबीचको सबैभन्दा ठूलो वन्यजन्तु तस्करीविरुद्धको अभियान थियो । यसै वर्ष मे महिनामा थाइल्याण्ड प्रहरीले दुई ओरेङ्गुटान बच्चा तस्करी गर्ने शंकास्पद व्यक्तिलाई पनि पक्राउ गरेको थियो ।