२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम



अ+ अ-

सुनसरी: जग्गा तथा आवास व्यवसायीले आधुनिक सहरी अवधारणालाई व्यवहारिकरुपमा विस्तार गर्ने लक्ष्य लिएका छन् ।

तीब्र सहरीकरणको चपेटामा पर्दै गएको सुनसरीको इटहरीमा शनिबार सम्पन्न विकास संघको प्रथम अधिवेशन तथा प्रदेश स्तरीय भेलाले आवास, सहरी पूर्वाधार तथा योजनाबद्ध विकासको विषयमा विस्तृत छलफल गरेको हो । छलफलले आधुनिक शहरी अवधारणालाई व्यहारिकरुपमा पालना गरेर अघि बढ्ने निर्णय लिएको हो ।

कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, जग्गा–आवास व्यवसायी तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागी नेपाल अर्बान इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले नेपालको द्रूत सहरीकरण, दीगो विकास र आधुनिक शहर निर्माणका लागि आफ्नो भूमिका तथा योजना प्रस्तुत गरेको थियो । कम्पनीले ग्रीन सिटी, स्मार्ट सिटी, डिजिटल सिटी, मेगा सिटी जस्ता आधुनिक सहरी अवधारणालाई नेपालमा व्यवहारिक रूपमा विस्तार गर्दै लैजाने लक्ष्य राखेको छ । भेलामा नेपाल जग्गा तथा आवास विकास महासंघका विष्णु प्रसाद घिमिरे जग्गा कारोबारमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीहरुले नेपालको सहरी रूपान्तरणका लागि आवश्यक जग्गा, आवास, पूर्वाधार तथा व्यवसायिक विकासमा नवीन सोच र आधुनिक प्रविधिको प्रयोग गर्दै सहकार्य गर्न तयार रहेको स्पष्ट पारेको छ ।

सहभागीहरुले योजनाबद्ध शहरीकरण, सुरक्षित आवास प्रणाली, स्वच्छ वातावरण तथा दीगो पूर्वाधार विकासमा संघले देखाएको सक्रिय भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न सुझाव दिए । कार्यक्रमको समापनमा संघका पदाधिकारीहरूले नियमित रूपमा प्रदेशस्तरीय समन्वय, नीतिगत सुझाव तथा सहरी विकाससम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।