२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिगमनविरुद्ध नेकपा एमाले रामेछापको वृहत् प्रदर्शन



अ+ अ-

रामेछाप । नेकपा एमाले रामेछापले प्रतिगमन विरुद्ध शनिबार मन्थलीमा वृहत् प्रदर्शन तथा सभा गरेको छ ।

सभामा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईँले मन्थलीबाटै काठमाडौँ हल्लाउने सन्देश दिनुभयो। उहाँले आगामी मङ्सिर ६ गते काठमाडौँमा हुने एमालेको शक्ति प्रदर्शनमार्फत संसद् विघटन, राजनीतिक सङ्कट र बाह्य शक्तिको हस्तक्षेपबारे ‘निर्णायक सन्देश’ जनतामा पुर्‍याइने स्पष्ट पार्नुभयो।

सभामा चौलागाईँले हाल देशमा व्याप्त ‘राजनीतिक अन्योल र बाह्य षड्यन्त्र’ जनतामाथि थोपर्न खोजिएको उल्लेख गर्दै एमाले सडकबाटै समाधानतर्फ अघि बढ्ने दाबी गर्नुभयो। “जेनजी आन्दोलनको नाममा सरकार, संसद् र संविधानमाथि गरिएको खेल इतिहासकै बदनाम अध्याय हो,” उहाँले भन्नुभयो, “अब जनतालाई उठाएर यो सङ्कटको मूल काटिन्छ।”

कार्यक्रममा एमाले केन्द्रीय सदस्य गीता कार्कीले प्रतिगमन रोक्न र संविधान जोगाउन एमाले सडकमा उत्रिएको बताउनुभयो। “बलिदान र त्यागले बनेको संविधानलाई कागजको खोस्टा बनाउने षड्यन्त्र सुरु भएको छ, अब हामी मौन बस्दैनौँ,” उहाँले भन्नुभयो।

सभामा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले विघटन गरिएको संसद् जुनसुकै अवस्थामा पनि पुनर्स्थापना गराएरै छाड्ने दाबी गर्नुभयो। “संसद् फर्काएर केपी शर्मा ओलीलाई सात दिन वा एक महिनाका लागि भए पनि फेरि प्रधानमन्त्री बनाउनुपर्ने बेला आएको छ,” उहाँले स्पष्ट शब्दमा भन्नुभयो।

उहाँले मङ्सिर ६ मा काठमाडौँमा हुने प्रदर्शनलाई ‘ऐतिहासिक’ बनाउन कार्यकर्ता र जनसमुदायलाई आह्वान समेत गर्नुभयो।

वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले वर्तमान सरकार भूराजनीतिक खेल र प्रतिगामी सन्त्रासको उपज भएको बताउनुभयो । “राज्यको सुशासन, लोकतन्त्रको रक्षा र नागरिकको समृद्धिका लागि एमाले सडकमै होमिएको हो” उहाँले भन्नुभयो।

एमाले रामेछाप अध्यक्ष पुरुषोत्तम कडरियाले विघटन गरिएको संसद् पुनःस्थापनालाई नै पार्टीको प्रमुख एजेन्डा बताउँदै रामेछापदेखि काठमाडौँसम्म निरन्तर दबाबका कार्यक्रम चलिरहने जानकारी दिनुभयो। मन्थली क्याम्पस स्ववियु सभापति सुशील थापाले जिल्लामा जेनजी आन्दोलन ‘सन्तुलित’ रूपमा रहनुको कारण आफूहरूले जिम्मेवारीपूर्वक आन्दोलन नेतृत्व गरेको बताउनुभयो ।