२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छ, हामी बिना पैसा कलाबिहीन नाटक हेर्दैछौँः ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको टिप्पणी गर्नुभएको छ ।

आईतवार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरुसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले ओली र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै अहिलेको सरकारले सुशासन ठानिरहेको बताउनु भयो । त्यसका लागि जेन–जीहरुलाई संगठित गर्ने, उनीहरुको मागपत्र लेखिदिने, मागपत्र पढाउने, उनीहरुको हातमा मागपत्र दिने जेन–जीहरुलाई बोलाएर दबाब दिए भन्ने भ्रम फैल्याउने काममा लागेको बताउनु भयो । वर्तमान सरकार बिना पैसाको नाटक देखाइरहेको टिप्पणी गर्नुभयो । जेन–जीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मागपत्र कसले, कहाँ ड्राफ्ट गरेको भन्नेसमेत आफूलाई जानकारी रहेको बताउनु भयो । आफूहरु बिना पैसामा असंवैधानिक सरकारको तमासा हेर्न बाध्य भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले सरकारमा हुनेहरुले सुशासन भनेको केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु भन्ने बुझेका छन् र त्यसका निम्ति जेनजीहरुलाई संगठित गर्नु, जेनजीहरुको मागपत्र लेखिदिनु, जेनजीहरुलाई बोलाएर मागपत्र पढाउनु, जेनजीहरुका हातमा मागपत्र थमाइदिनु, जेनजीहरुको डेलिगेशन बोलाउने, डेलिगेशन भेट्ने र सञ्चारकर्मीहरुका अगाडि डेलिगेशन आयो, जेनजीहरुले सरकारलाई दबाब दिए लौ के गरौँ भनेर सरकार त दबाबमा छ भन्ने देखाउन आर्टिफिसियल ड्रामा तयार भएको छ । जेनजीहरुको मागपत्र हेरेको थिएँ, मागपत्र कसले ड्राफ्ट गरेको मलाई समेत थाहा छ । कहाँ पढाइएको जेनजीलाई थाहा छ, को अर्गनाइजर भएरहेको छ त्यो पनि थाहा छ । जे होस् एउटा तमासा भयो । हामीले बिना पैसा यो असंवैधानिक सरकारको तमासा हेर्न पाएका छौँ । कला बिहीन नाटक छ । नाटकमा अलिकति कला हुनुपर्छ । कला बिहीन नाटक छ, त्यो हेरिरहेका छौँ ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले कला बिहीन नाटक मञ्चन गरिरहेको टिप्पणी गर्नुभयो ।