१० असार २०८३, बुधबार
,
Latest
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसचिव अर्जुन कार्की पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल ट्रष्ट कार्यालयका तत्कालीन सचिव हाल सेवानिवृत्त  अर्जुन कार्कीलाई पक्राउ गरेको छ । कार्कीलाई आइतबार साँझ पक्राउ गरेको सीआईबी जनाएको छ ।

कार्कीलाई पनि ठगी तथा आपराधिक विश्वासघात कसुरमा पक्राउ गरेको सिआइबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज सम्झौताबारे सीआईबीले अनुसन्धान गरिरहेको छ । सोही अनुसन्धानका क्रममा कार्कीलाई पक्राउ गरेको हो सीआईबीले यसअघि  नेपाल ट्रष्टमा तत्कालिन कार्यरत सहसचिव हाल सेवानिवृत्त  लेखबहादुर कार्कीलाई पक्राउ गरिसकेको छ ।