२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो चौमासिकमा छ प्रतिशत विकास खर्च



अ+ अ-

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा सरकारको विकास खर्च निकै कमजोर देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत कात्तिक मसान्तसम्म वार्षिक विनियोजनको छ दशमलव २१ प्रतिशत बराबर मात्रै विकास खर्च भएको हो ।

चालु आवका लागि पुँजीगत शीर्षकमा रू चार खर्ब सात अर्ब ८८ करोड बजेट विनियोजन गरिएकामा कात्तिक मसान्तसम्म रू २५ अर्ब ३१ करोड ३४ लाख बराबर मात्रै खर्च भएको कार्यालयले जनाएको छ ।

यस अवधिको कुल सरकारी बजेट खर्च वार्षिक विनियोजनको २३ दशमलव ८७ प्रतिशत छ ।

चालु आवका लागि कुल रू १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएकामा पहिलो चौमासिकमा रू चार खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख खर्च भएको कार्यालयले जनाएको छ ।

चालुगत शीर्षकमा रू ११ खर्ब ८० अर्ब ९८ करोड वार्षिक विनियोजन रहेकामा हालसम्म २७ दशमलव १८ प्रतिशत अर्थात् रू तीन खर्ब २० अर्ब ९९ करोड २२ लाख खर्च भएको छ ।

वित्तीय व्यवस्था शीर्षकमा रू तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन भएकामा हालसम्म ३२ दशमलव ६७ प्रतिशत अर्थात् रू एक खर्ब २२ अर्ब ५८ करोड ३८ लाख बराबर खर्च भएको छ ।

यस अवधिको सरकारी राजस्व सङ्कलन रू तीन खर्ब ३३ अर्ब ३४ करोड बराबर छ । जुन वार्षिक लक्ष्यको २१ दशमलव ७२ प्रतिशत हो ।

चालु आर्थिक वर्षका लागि सरकारले रू १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ ।रासस