२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाका अध्यक्षद्वारा एनपीएल सफलताको शुभकामना



फाइल फोटो
अ+ अ-

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कीर्तिपुर क्रिकेट स्टेडियममा आजदेखि सुरु भएको ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष दाहालले शुभकामना सन्देश जारी गर्दै नेपाली क्रिकेटले विश्व समुदायमा देशको पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पु-याएको उल्लेख गर्नुभएको छ ।

उहाँका अनुसार विदेशी मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलाडीहरूले राष्ट्रको गौरव र प्रतिष्ठा निरन्तर बढाइरहेका छन् । क्रिकेटले विविध भाषा, धर्म र विचारले विभाजित नेपालीहरूलाई एकताबद्ध बनाउने माध्यमका रुपमा भूमिका निर्वाह गरेको बताउनुभयो ।

यस वर्ष दोस्रो संस्करणका रुपमा सुरु भएको एनपीएलले विश्वभर छरिएका नेपाली समुदायको ध्यान मात्र तानेको नभइ विश्वका विभिन्न देशका खेलाडीहरूको सहभागिताले अन्तरराष्ट्रिय समुदायको चासो पनि बढाएको अध्यक्ष दाहालले बताउनुभएको छ ।

अध्यक्ष दाहालले कीर्तिपुर स्टेडियम निर्माणका विभिन्न चरणमा योगदान दिने सरकारका नेतृत्व, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट सङ्घ, खेलाडी तथा क्रिकेटप्रेमीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । रासस