२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटहरीमा घरमा राखिएको लागुऔषध फाल्दै गर्दा दम्पती पक्राउ



अ+ अ-

काठमाडौँ । इटहरी उप–महानगरपालिका–१२ का नसिव फार्मेसी सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन् ।

नसिव नारायण चौधरी र उनकी श्रीमति सम्झना चौधरी पक्राउ परेका हुन् । फार्मेसीमा ट्रामाडोल विक्री वितरण गर्दैछ भनी विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनार तथा लागु औषध जिल्ला प्रहरी कार्यालय भोजपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चौधरीलाई पक्राउ गरी उनको घरमा खानतलासी गर्दा उनको श्रीमतिले सिमेन्टको २ वोरा घरको छत माथीबाट फाल्दै गरेको अवस्थामा देखि फालिएको बोराहरु चेकजाँच गर्दा उक्त बोरा भित्र लागुऔषध भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रामाडोल १ हजार ९८० पत्तामा १९ हजार ८०० क्याप्सुल र कोठाको टेवलबाट प्रतिवन्धित औषधी ४०० पत्तामा ४ हजार ट्यावलेट फेला परेको प्रहरीले जनाएको छ । दुवैलाई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ  ।