२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा जानेगरि दल दर्ता गरेका छौँः चन्द



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नेता नेत्रविक्रम चन्दले निर्वाचनमा सहभागी हुनेगरी दल दर्ता गरेको बताउनुभएको छ ।

निर्वाचन आयोगमा मंगलवार दल दर्ताको प्रमाणपत्र पाएपछि उहाँले निर्वाचनमा भाग लिने बताउनुभएको हो ।

उहाँले माओवादी नयाँ गुण, नयाँ सार्थत्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियानसहित निर्वाचनमा जाने बताउनु भयो । नेपाली जनताको सुख, अधिकार, मुक्ति र देशको स्वाधिनताको लागि माओवादीले विभिन्न उत्तारचढावपूर्ण यात्रा तय गर्र्दै यहाँसम्म आएको उहाँको भनाई छ । उहाँले जनता नै इतिहासको निर्माता भएकोले जनताको माझमा जान लागेको बताउनु भयो । उहाँले सबै राजनितिक दलहरुको सहमतीमा निर्वाचन हुने पनि उल्लेख गर्नुभयो । ढिलोचाँडो निर्वाचन हुने बताउनुहुँदै उहाँले समाजवाद नै आएपनि निर्वाचन हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाल कम्युनिष्ट पार्टी माओवादीले नेपाली जनताको सुख, अधिकार, मुक्ति, हाम्रो देशको स्वाधिनताको लागी धेरै उताढतढापपुर्ण यात्रा तय गर्र्दै यहाँसम्म आएको छ । हामीले सामन्तवाद र विभिन्न खालका दमनकारी सत्ताको विरुद्धमा विद्रोह गरौँ । हामीले जनताको अधिकारको लागी विभिन्न खालका मोर्चाहरुमा संघर्ष ग¥यौँ र आज । नेकपा माओवादी नयाँ गुण, नयाँ सार्थत्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियानसहित निर्वाचनमा जानेगरि दर्तामा सहभागी बनेका छौँ । यो एउटा नयाँ अभियान शुरु भएको छ ।’ 

निर्वाचन आयोगले मंगलवार विप्लव नेतृत्वको माओवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको चुनाव चिन्ह भने गुलाव रहेको छ ।




भर्खरै