२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा पुनःस्थापना गरी लोकतन्त्रलाई सही दिशामा अगाडि बढाउन सकिन्छः महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले प्रतिनिधिसभा पुनःस्थापना गरी लोकतन्त्रलाई सही दिशामा अगाडि बढाउन सकिने धारणा राख्नुभएको छ ।

एमालेको विघटित संसदीय दलको बैठकलाई आज ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उहाँले विगतमा सर्वोच्च अदालतले गरेका फैसला र नजिरले पनि संसद् पुनःस्थापना आवश्यक देखिएको बताउनुभयो ।

महासचिव पोखरेलले गत भदौ २३ र २४ का ‘जेनजी’ प्रदर्शनका क्रममा षड्यन्त्रपूर्वक भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो । उहाँले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन आयोग गठनको मागमा अडिग रहेको बताउनुभयो ।

बैठकले प्रतिनिधिसभाको पुनःस्थापनाको लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने निर्णय गरेको थियो । रासस




भर्खरै