काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत आजको एकमात्र खेलमा सुदूरपश्चिम रोयल्स र काठमाण्डु गोर्खाजले प्रतिस्पर्धा गरिरहेका छन् ।
टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले काठमाण्डुलाई १४८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिम १४७ रनमा अलआउट भयो ।
उसका लागि हरमित सिंहले अर्धशतकीय पारी खेले । उनले २० बलमा ५३ रन जोडे । उनको ब्याटबाट ६ छक्का र २ चौका निस्कियो । यस्तै, कप्तान दिपेन्द्र सिंह ऐरीले ३९, आरिफ शेखले २५, इशान पाण्डेले ११ रन जोडे ।
वलिङतर्फ काठमाण्डु गोर्खाजका कप्तान करण केसीले चार विकेट लिँदा मिलिन्द कुमार, राशिद खान र सन्नी पटेलले दुई/दुई विकेट लिए ।












