१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्ष नेताले गरे मतदान, ई–भोटिङमा समय लाग्दा प्रतिनिधि लामबद्ध



अ+ अ-

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि भृकुटीमण्डपमा मतदान सुरु भएको छ । मतदानको सुरुवात पार्टीका शीर्ष नेताहरूले गरेका छन् ।

अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान गर्न करिब ४० मिनेट लागेको प्राविधिकहरूले जानकारी दिएका छन् । महासचिवका उम्मेदवार ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलाई पनि मतदान गर्न त्यत्तिकै समय लागेको जनाइएको छ । शीर्ष नेताहरू सँगै मतदानस्थल पुगेका थिए ।

महाधिवेशनमा पहिलोपटक ई–भोटिङ प्रणाली प्रयोग गरिएको छ । निर्वाचन आयोगका अनुसार मतदानका लागि ८० वटा ई–भोटिङ मेसिन प्रयोगमा ल्याइएको छ । नयाँ प्रविधि प्रयोग भएकाले प्रारम्भिक चरणमा मतदान गर्न समय लागेको बताइएको छ ।

शीर्ष नेताहरूले मतदान गरेपछि अन्य प्रतिनिधिहरूले पनि क्रमशः भोट खसालिरहेका छन् । मतदानस्थलमा प्रतिनिधिहरू लामबद्ध भएर पालो कुर्दै मतदान गरिरहेका छन् भने सोही लाइनमा पुगेर उम्मेदवारहरूले भोट माग्ने क्रम पनि जारी छ ।

महाधिवेशनबाट एमालेको नयाँ नेतृत्व चयन हुने भएकाले मतदान प्रक्रियालाई चासोका साथ हेरिएको छ ।