१८ असार २०८३, बिहीबार
,
Latest
विष्णु पौडेलविरुद्ध तेस्रो पटक म्याद थप, थप ६ दिन हिरासतमा राख्न अनुमति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल



राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल बिहीबार रे मिडिया ग्रुपले राजधानीमा आयोजना गरेको नेपाल-चिन सम्बन्धको ७० वर्ष सम्झना र समिक्षा कार्यक्रममा मन्तव्य राख्नुहुँदै ।तस्बिर : हरिराम भेटुवाल/ रासस
अ+ अ-

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले चीन सरकारबाट विगतमा झैं अझै सहयोग र समर्थन हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले सङ्घीय संसद् नेपाल र चिनियाँ जनकंग्रेसबीचको सहकार्य तथा आपसी भ्रमणमा देखिएको कमीलाई पूरा गर्न आग्रह गर्नुभएको छ ।

‘रे मिडिया ग्रुप’ले आज यहाँ आयोजना गरेको ‘नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षः सम्झना र समीक्षा’ कार्यक्रममा ‘अजम्बरी साइनो’ पुस्तकको लोकार्पण गर्दै अध्यक्ष दाहालले नेपालमा संविधानसभाबाट जननिर्वाचित प्रतिनिधिले समानुपातिक, समावेशी, धर्मनिरपेक्षतासहितको समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउन सफल भएकोप्रति गर्व गर्नुभयो ।

अघिल्लो वर्ष मात्रै सङ्घीय संसद्का दुवै सदनबाट नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी कानुन सर्वसम्मत रुपमा पारित भएको उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले विश्वभरिबाट नै नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गबाट टुङ्ग्याउन सफल भएकामा प्रशंसा भइरहेको उल्लेख गर्दै अब समाजवादको बाटोमा अगाडि बढ्न आर्थिक रूपले समृद्ध नेपाल निर्माण गर्ने र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरू विकल्प नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपाली समाजमा केही प्रश्न उठाएको छ, मुख्यतः भ्रष्टाचारको अन्त्य गरी सामाजिक न्यायसहितको सुशासन कायम गर्ने भन्ने प्रश्न हो । आन्दोलनबाट नेपालका मुख्यमुख्य राष्ट्रिय सम्पदा र गैरसरकारी संरचनामा भएको बर्बर आक्रमण तथा क्षतिले सिँगो देश स्तब्ध भएको छ ।”

प्रतिनिधिसभाको विघटनसँगै बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो । “बिना धाँधली भयरहित वातावरणमा निर्वाचन गराउने मुख्य दायित्व सरकारको हो, त्यसमा सम्पूर्ण नेपाली जनता र विदेशी मित्रराष्ट्रलाई निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।

टेलिभिजनले स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, मानवअधिकारको संरक्षण, कृषि, पर्यटन, स्वास्थ्य, भाषा तथा लोक संस्कृतिको संरक्षण र सम्वर्धन गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम तथा समाचार उत्पादन एवं प्रसारण गरिरहेको अध्यक्ष दाहाललको भनाइ थियो ।