३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदैछन्।

नख्खु कारागार प्रशासनले उनलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याएको छ। उनी जहाजमार्फत भैरहवा जाने तयारीमा छन्।

रिहाइ प्रक्रिया पूरा गर्न उनी जिल्ला अदालत रुपन्देही पुगेर छुटपुर्जी कागजात लिनुपर्नेछ। यसअघि उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले रवि लामिछानेबाट पेश भएको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी स्वीकार गर्दै थुनामुक्त गर्न आदेश दिएको थियो।

बिहान ७ः५५ बजेका लागि तय गरिएको उडान भैरहवा क्षेत्रमा बाक्लो हुस्सु लागेका कारण ढिलाइ भएको बताइएको छ।

भैरहवा विमानस्थल पुगेपछि सिधै अदालत जाने तयारी छ।

यसैबीच, रास्वपाका कार्यकर्ताहरू भैरहवा विमानस्थल वरिपरि भेला भइसकेका छन्।